|

काठमाडौं : ओली सरकारको पालामा नियुक्त संवैधानिक निकायका पदाधिकारीविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दा माथिको सुनुवाइ फेरि स्थगित भएको छ।
कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको नेतृत्व गरी यी मुद्दा सुनुवाइ गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरेका थिए। त्यसपछि सुनुवाइ स्थगित भएको हो।

विपक्षी बनाइएका संवैधानिक निकायका ५२ जना पदाधिकारीका बिषयमा कानून व्यवसायीले प्रश्न उठाएपछि बुधबारको सुनुवाइ पनि स्थगित भएको हो।

बुधबार विपक्षी बनाइएका संवैधानिक पदाधिकारीका कानून व्यवसायीहरुले संवैधानिक निकायलाई समेत विपक्षी बनाउनुपर्ने र उनीहरुबाट लिखित जवाफ आउनुपर्ने माग गरेका थिए।

उनीहरुले संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा अहिले पनि संयुक्त इजलासमा रहेको र तिनलाई पनि संवैधानिक इजलासमा राखेर एकसाथ सुनुवाइ हुनुपर्ने माग राखेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.