|

 काठमाडौं : काठमाडौंबाट फोहोर बोकेर गएका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले फेरि पनि रोकेका छन्। फोहोर बोकेर गएका गाडीलाई स्थानीयले पूर्व-सूचनाबिना नै रोक लगाएको  काठमाडौं  महानगरपालिकाले जनाएको छ। 

महानगरबाट करिब ६० गाडी फोहोर बोकेर गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको  काठमाडौं महानगरपालिकाका वातावरण विभागकी प्रमुख सरिता राईले जानकारी दिइन्।

ल्यान्डफिल साइड जाने सडकका कारण एक हप्तादेखि  उपत्यकाको फोहोर रोकेको थियो।  बुधबार सडक मर्मत गरी आजदेखि फोहोर उठाउन सुरु गरिएको थियो। स्थानीयलाई फोहोरले समस्या दिएको भन्दै रोकेका हुन्।

स्थानीयले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सुरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ। स्थानीयवासीले सडक निर्माण पूरा  नगरी  फोहोर नलैजान नदिने उनीहरूले बताएका छन्। उपत्यकाको फोहोर लैजाने क्रममा बञ्चरेडाँडाका स्थानीयले यसअघि पनि विभिन्न समयमा अवरोध गर्दै आएका थिए। विभिन्न समयमा सहमति हुने र कार्यान्वयन नहुने यहाँको पुरानै र लामो कथाव्‍यथा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.