जनकपुरधाम : धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नम्बर ६ बस्ने २४ वर्षीय जीवस दास र जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १६ कपिलेश्वर बस्ने १८ वर्षीय राजु दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।
प्रहरी चौकी ठाडिझिझा धनुषाबाट खटेको गस्ती टोलीले विदेह नगरपालिका १ मैनाथपुर बोडर स्थितमा भारतबाट पैदल नेपालतर्फ आउँदै गरेको दुवैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा १६ पिस नाइट्रोभेट ट्याबलेट बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता नायव उपरीक्षक क्षेत्रीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।