|

भोजपुर : भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ।

आज बिहान खोटाङ केन्द्रविन्दु भएर गएको भूकम्पले भोजपुर नगरपालिका १२ टक्सारमा एउटा कच्ची घर भत्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रहरीका अनुसार उक्त घर २०७२ को भूकम्पले चर्काएर जीर्ण बनेको थियो।

भूकम्पले स्थानीय प्रमोद हलवाईकाे घर भत्किएको हो। यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ८ बजेर १३ मिनेट खोटाङको मात्तिमबिर्ता केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.