|

काठमाडौं :  प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफ्नो माग सम्बोधन नभएको भन्दै कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका छन्। कर्मचारीहरूले  नायब सुब्बा बचाउ अभियानको पहलमा सोमबार  बिहान मन्त्रालय घेराउ गरेका हुन्।

सेवाको सुरक्षा, पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकोले सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव  इन्दु शर्माले जनकारी दिए।   

कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था राख्नुपर्ने पनि माग गरेका छन्। शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ। 

 साथै सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्रांकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने तथा सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य हुनुपर्ने  लगायतका विषय समेटी निजामती ऐन जारी गर्नुपर्ने  उनीहरूको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.