|

काठमाडौं : जिल्लाको  तारकेस्वर नगरपालिका काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्। परिवारका बाबु, आमा र छोराछोरीहरू मृत फेला परेको  तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जनले थाहाखबरलाई बताए।

सोमबार बिहान उनीहरूको मृत फेला परेका हुन्। उनीहरूको यस घटनाबारे खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ पुगेको छ। घटना हत्या वा आत्महत्य के हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय यसरी परिवारकै शृंखलाबद्ध हत्याका घटनाहरू बढ्दो क्रममा छन्। केही वर्षअघि पाँचथरमा ७ जनाको सामूहिक हत्या भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.