|

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प दल नै हुने बताएका छन्।

उनले ट्वीट गर्दै प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्ने पनि उल्लेख गरेका छन्।

‘एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनुपर्छ।’ उनले लेखेका छन्‚‘दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णायकत्व बलियो बनाउनु पर्छ।’

उनले संरचनामा सुधार गर्नुपर्ने भन्दै प्रजातन्त्रको विकल्प नभएको पनि उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.