|

काठमाडौं : जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफू र आफ्नो परिवारमाथि सुरक्षा थ्रेट बढेको भन्दै सुरक्षाकर्मी माग गरेकी छिन्। 

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै गुरुङले आफ्नो घरमा सोमबार राति बम पड्काइएको दाबी गरिन्।

‘हिजो बेलुकी ८ : २५ बजे मेरो घरको गेटभित्र बम पड्काइयो, घरका सबै आतंकित भए, झ्याल खोलेर हेरेँ, दुई जना लोग्ने मान्छे मोटरसाइकलमा गएको देखेँ तर अँध्यारो भएकाले चिन्न सकिन। संसदको शून्य समयमा बोल्दै उनले भनिन्,‘महाराजगञ्ज थानाको नम्बर खोजेर फोन गरेँ। गृहमन्त्रीको फोन उठेन।’ 

त्यसपछि आफूले उपसभामुख पुष्पा भुसाललाई फोन गरेको र उनीबाट सान्त्वना पाएको सुनाइन्। 

‘प्रहरी आएपछि म पनि माथिबाट तल ओर्लिएँ। कम्पाउण्ड भित्र रकेट बमको खोल भेटिएको जुन प्रहरीले लिएर गए।’ उनले भनिन्, ‘संघीय सांसद र कार्यपालिका सदस्य भइसकेकोले म र मेरो घरपरिवारको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने आजीवन पिएसओ (निजी सुरक्षाकर्मी) पाउनका लागि सभामुखमार्फत गृहमन्त्री समक्ष माग गर्दछु।’

उनी पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री हुन्। उनले आफूले देश र जनताको पक्षमा काम गरिरहेकाले आक्रमणको निशानामा परेको जिकिर गरिन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.