|

काठमाडौं : देशभर मनसुनका कारण विपतका घटना बढेपछि सरकारको पूर्वतयारी र राहत तथा उद्धारमा देखिएका प्रगतिप्रति सांसदहरुले आपत्ति जनाएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले भूकम्पदेखि बाढी पहिरो पीडितको राहत उद्धार र व्यवस्थापनमा आवाज उठाएका हुन्।​

बैठकको शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए।

‘म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा छ। त्यस्ता बस्तीलाई अन्यत्र स्थानान्तरण गरियोस्,' उनले भने, ‘उनीहरुलाई तत्काल राहत दिइयोस् र पुनःस्थापना गरियोस्।’

अछामका सांसद रामबहादुर विष्टले जिल्लाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको बताउँदै पहिरोपीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गरे। 

सांसद मोहन बानियाँले कर्णाली करिडोरलाई द्रुत गतिमा अगाडि बढाउन आग्रह गरेका छन्।

सांसद मोहनप्रसाद पाण्डेले पाल्पाका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.