|
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति छाड्न चाहे पनि परिस्थितिले नमिलेको बताएका छन्। 

काठमाडौंमा बिहीबार आयोजित पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले आफूले ७० वर्ष पुगेपछि राजनीतिक छाड्न चाहे पनि परिस्थिति त्यस्तो नबनेको बताएका हुन्। 

‘कहिलेकाहीँ त राजनीति छाडौँ कि भन्ने लाग्छ। ७० वर्षमै छोडौं कि भनेको तर परिस्थितिले दिएको छैन,’ नेपालले भने, आज मात्रै चुनाव घोषणा भएको छ। यसपटकको चुनाव त लड्नैपर्छ, जित्नैपर्छ । नउठ्ने हो भने फेरि माधव नेपाल डराएछ कि भन्ने पर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.