काठमाडौं : गायिका सुजाता काफ्ले र गायक प्रकाश कटुवालको नयाँ तीज गीत 'म त हजुर नेपाली' को म्युजिक भिडियो सार्वजनिक भएको छ।
बिनोद ढकालको शब्द र प्रकाश कटुवालको संगीत रहेको गीतलाई डोलराज बरघरेले एरेन्ज गरेका हुन्। गीतकाे भिडियाे लामाे समयदेखि बेलायतमा बस्दै आएकी सरु गुरुङ रानाले गरेकी हुन्।
म्यूजिक भिडियोमा कमेडी च्याम्पियनका फर्स्ट रनरअप खड्क बहादुर पुन मगर (खबपु)‚ डान्सर निर आले, प्रतिष्ठा त्रिपाठी, ऋतु पुन र दीपक मैथाने मगरको अभिनय तथा नृत्य रहेको छ। म्यूजिक भिडियोलाई छायांकन र सम्पादन भने सुमन श्रेष्ठले गरेका छन्।
भिडियोलाई बेलायतको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।