‘सत्तापक्ष र प्रतिपक्ष एकैठाउँ उभिन नसक्नु दु:खद’

|

काठमाडाैं : नेकपा (माओवादी केन्द्र)का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै एमालेले प्रधानन्यायाधीशलाई जोगाउन लागेकाे आराेप लगाएका हुन्। 

उनले महाअभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताए। प्रतिपक्षले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले प्रतिपक्षले जिब्रो चपाएर कुरा गरेको उनले बताए।

‘सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा आएर यसलाई छिटोभन्दा छिटो गरूँ भन्नेमा सहमति दिनुपर्ने ठाउँमा, दुई तिहाई नभइ त यो पारित हुँदैन। प्रतिपक्षले सहयोग नगरी पारित हुँदैन। प्रतिपक्ष त अगाडि आउनुपर्‍यो नि, ल तपाईंहरु अगाडि बढाउनुस् हामी छौँ।

तर आज प्रतिपक्ष जिब्रो चपाएर कुरा गरिराखेको छ’, उनले भने, ‘यहाँ सोझै बोल्न गाह्रो छ। प्रतिपक्ष जोगाउन चाहिराखेको छ। सोझै बोल्दा जनताको नजरमा आफ्नो पार्टीको छवि, व्यक्तिको छवि गिर्छ। यस्तो गर्नुहुन्न। यस्तो विषयमा पनि सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा नउभिनु दुखद् कुरो हो।’

उनले महाभियोगको विषयमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिन नसक्नु दुखद् भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.