|
फाइल

संखुवासभा :  सिलिचोङ गाउँपालिकामा पहिरोले लघु जलविद्युत आयोजनाको कुलो बगाउँदा गाउँ नै अन्धकार भएको छ।

सिलिचोङ गाउँपालिकामा सञ्चालित सिसुवाखोला लघु जलविद्युत आयोजनाको कुलो बगाउँदा गाउँ नै अन्धकार भएको हो। सिलिचोङ– १ को सिसुवाखोला, वडा–२ को बाला र वडा –३ को ताम्कुका आठ सय ६८ घर धुरीमा विद्युत आपूर्ति ठप्प भएको छ।

निरन्तर परेको अविरल वर्षाका कारण सिसुवाखोलामा आएको बाढीले विद्युत गृहसम्म लैजाने कुलोको मुहानमा करिब ३० मिटर बगाएको विद्युत उपभोक्ता समितिका अध्यक्ष खेमराज मेवाहाङले जानकारी दिए।

पहिरोले ६० किलोवाट क्षमताको सिसुवाखोला लघु जलविद्युतको प्रसारण ठप्प भएको उनले बताए। विद्युत आपूर्ति ठप्प भएपछि त्यस क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको छ। सात वटा राइस मिल बन्द भएका छन्।

लघु जलविद्युतको प्रसारण ठप्प भएपछि एक सातादेखि आठ सय ६८ घर धुरी अन्धकारमा बस्न बाध्य भएका छन्। तत्काल मर्मत गर्न आर्थिक अभावका कारण समस्या भएको उपभोक्ता समितिका अध्यक्ष मेवाहाङले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.