|

रुकुम (पूर्व) : यस जिल्लामा अधिकांश गाउँमा सडक सञ्जाल नजोडिएकाले बिरामीलाई स्वास्थ्य संस्थामा बोकेरै पु¥याउने बाध्यता छ। गाउँमा बिरामी परे भने स्वास्थ्य संस्थामा ल्याउन डोको, काठको झोलुङ्गा र स्टेचरमा राखेर स्वास्थ्य संस्था पु¥याउनु परेको छ। यस जिल्ला भूमे, पुथाउत्तरगङ्गा र सिस्ने गाउँपालिका गरी तीन स्थानीय तहले बनेको जिल्ला हो।

दुई स्थानीय तहको तुलनामा पुथाउत्तरगङ्गा गाउँपालिका विकट रहेको छ। सिस्ने र भूमेका मुख्य बस्तीहरूमा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सहिद मार्ग सञ्चालन रहेकोले यहाँका बासिन्दालाई राहत प्रदान भएको छ। तर, पुथाउत्तरगङ्गामा सहिद मार्गले पूर्णता पाउन सकेको छैन।

३१ वडा मध्ये ११ वडामा सडक छैन

३१ वटा वडा रहेको यस जिल्लामा पुथाउत्तरगङ्गाका ९ र सिस्नेका २ गरी ११ वटा वडामा सडक पुगेको छैन। १४ वडा रहेको पुथाउत्तरगङ्गाको १ देखि ९ नम्बर वडासम्म सडक पुगेको छैन्।

यसैगरी, ९ वडा रहेको भूमेमा सबै वडा सडक पुगेको छ तर, नियमित सडक सञ्चालन नहुँदा यहाँका नागरिकलाई सास्ती नै रहेको छ। ८ नम्बर वडा रहेको सिस्नेमा १ र २ नम्बर वडामा सडक पहुँच छैन। पुथाउत्तरगङ्गाका अधिकांश बस्ती र भूमे अनि सिस्नेका केही बस्तीमा सडक सञ्जालले नजोडिएकाले यहाँका बिरामीलाई सास्ती भइरहेको छ।

गत असोजमा पुथाउत्तरगङ्गा–२ पेल्माकी रमिता बुढालाई सुत्केरी व्यथाले च्यापेपछि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनको श्रीमान् वसन्त बुढासहित छिमेकी युवाले सोही गाउँपालिकाको वडा नम्बर १२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डोकोमा बोकेर ल्याए। यो उहाँ एक उदाहरणीय हुनुहुन्छ तर, यस ठाउँका अधिकांश बिरामीलाई यसै गरी डोको, काठको झोलुङ्गो र स्टेचरमा बोकेर स्वास्थ्य संस्थामा पु¥याउFछन्। सडक नपुगेको र पुगेको ठाउँमा पनि सवारीसाधन नियमित नभएका कारणले यस जिल्लाका बिरामीलाई बोकेरै दिनभरीको बाटोबाट स्वास्थ्य संस्थामा पु¥याउने गरेको पुथाउत्तरगङ्गा–१ का अमर पुनले बताए।

सडक नपुगेकाले जोखिमपूर्ण गोरेटो बाटोमा बिरामीको लोडसँग हिँड्नै मुस्किल हुने गरेको पुनको गुनासो छ । ‘हिमाली जिल्ला भएकोले पत्थरका भिर बाटोमा हिँड्नै मुस्किल छ’ उनले भने– ‘बिरामी तथा उपभोगिय वस्तु ओसार–प्रसार गर्नु पर्दा डर मर्नु छ ।’ साघुँरो गोरेटो बाटो त्यसमाथि बिरामीको लोड यसरी बिरामी र उपभोगीय वस्तु बोकेर हिँड्नै सकस हुने गरेको छ । बिरामी, गर्भवती, बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई हिँड्न मुस्किल छ ।

महँगो ढुवानीको मार

विद्यालय, स्वास्थ्य, खानेपानी, विद्युत् लगायत निर्माण कार्यका लागि सिमेन्ट, बालुवालगायत सामान गाउँमा पु¥याउने बेला कष्टकरका साथ ओसार्नुका साथै दुवानीको मारमा पिरोली रहेको सिस्ने–२ मावि नायगाडका प्राधानाध्यपक मोहनकुमार रोका मगरले बताए। सामानको मूल्य भन्दा ढुवानीको पैसा बढी पर्ने गरेको रोकाले बताए।

‘साघुँरा गोरेटो बाटो, त्यसमा झन जास्ता पाटा जस्ता समान ल्याउनेहरूका लागि सारै नै खतरा हुन्छ’ रोकाले भने–‘त्यसमाथि कसैकसै त भारीसँग आफ्ना बालबच्चा पनि छन्, दुवैतर्फबाट पैदलयात्री आए एक तर्फी साइडमा उभिएर बाटो दिनुपर्ने हुन्छ।’

सडक सञ्जालको पहुँच नहुँदा बिरामी स्वास्थ्य संस्थामा आउन नसकी राखेको र औषधि समेत ओसारर्नमा सारै नै समस्या हुने गरेको पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीको गुनासो छ। मान्छे मार्फत दुवानी गर्नु परेको छ पानी पर्दा रुजाउला भन्ने डर र स्वास्थ्यका गरुको उपकरणका लागि दुवानी गर्दा समस्या व्यर्होनु परेको गिरीले जानकारी दिए।

पुथाउत्तरगङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगरका अनुसार, गाउँ बस्तीहरू छरिर रहेको कारणले पनि बढी समस्या आइरहेको छ। स्टेचर आवश्यकता अनुसार उपलब्ध गराइका छौँ घर्तीले भने–‘भौगोलिक विकटका कारणले सडक खन्नेमा ढिलाइ भइरहेको छ।’ सडक सञ्जाल मुख्य बस्तीहरूमा पु¥याउनका लागि तीन तहकै सरकारको बजेटले खनिरहेको उनको भनाइ छ। सडक नभएका कारणले आकस्मिक बिरामीलाई हेलिकोप्टरबाट पनि उद्धार गरेर अस्पताल पु¥याइराखेको समेत बताए। बिरामी उद्धारका लागि पुथात्तरगङ्गाका सडक नपुगेका वडामा हेलिप्याड निर्माण गरिएको अध्यक्ष घर्ती मगरले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.