|

काठमाडौं : बिरामी बोक्ने एम्बुलेन्सबाट गाजा तस्करी हुने गरेको पाइएको छ। 

सोमबार राति पौने ११ बजे सिरहाबाट प्रहरीले ९० किलो गाजा बोकेको एम्बुलेन्स र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक कुमार मैनालीका अनुसार को १ च ७५७७ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो।

लहान नगरपालिका–१ स्थित पूर्व-पश्चिम राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त एम्बुलेन्सलाई प्रहरीले रोकेको थियो। चेकजाँचका क्रममा बिरामी राख्ने भागमा पाँच वटा बोरामा लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक मैनालीले जानकारी दिए।

गाजासहित एम्बुलेन्सका चालक सिरहा धनगढीमाई नगरपालिका–९ का २९ वर्षीय सरोज लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.