|

काठमाडौँ :  काठमाडौँ महानगरपालिकालाई फोहोर ढुवानी गर्न पेशा तथा व्यवसाय क्षेत्रबाट सहयोग सुरु भएको छ। यस क्रममा बिहीबार विहान नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले पठाएका १८ वटा टिपर फोहोर बोकेर ल्याण्डफिल साइट गएका हुन्।
 

 समितिले उपलब्ध गराएका टिपरलाई महानगरले हरेक टिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार पारिश्रमिक उपलब्ध गराउनेछ। यता समानान्तर निर्माण सेवाले पूर्ण निःशुल्क सेवा दिने गरी ३० वटा ट्रिपर उपलब्ध गराएको छ। यी टिपर पनि विहानै फोहोर बोकेर ल्याण्डफिल साइट गएको महानगरपालिकाले जनाएको छ। 

महानगरले आफूसँग भएका १२ वटा कन्टेनरमा ट्रान्सफर स्टेशनको फोहोर उठाएको छ। यसरी आज विहान ट्रान्सफर स्टेशनबाट ६० टिपर फोहोर ढुवानी भएको छ। फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने सृङ्खलामा सहयोग गर्न आएका सहयोगी प्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्य मैत्री बनाउने प्रयासमा जोड दिएको बताए। उनले भने,‘लामो समयसम्मको अवरोधका कारण थुप्रिएको फोहोर उठाउनु पर्ने पहिलो दायित्व भएकोले योजना कार्यान्वयनमा केही समस्या भएको  उनको भनाइ छ।

हामी यातायात व्यवसायीहरु सामाजिक दायित्व निर्वाह गर्न आएका हौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला भन्छन्, ‘महानगरलाई समस्या परेका बेला पेशा व्यवसायीले सहयोग गर्नुपर्छ भनेर हामीले टिपर तथा ट्रक व्यवसायी समितिसँग छलफल गरेर सहयोग गरेका हौँ।’  

मलवाहक टिपर व्यवसायीले सामाजिक जिम्मेवारी पूरा गर्ने क्रममा फोहोर ढुवानीमा सहयोग गर्ने निर्णय गरेका हौँ। महासंघका मालवाहक तर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठको भनाइ छ। टिपर सञ्चालन गर्ने तेल र श्रमिकलाई दिनुपर्ने पारिश्रमिकबाहेक अन्य कुनै पनि प्रकारको शुल्क नलिई फोहोर ढुवानी गर्ने हामीले समितिमार्फत निर्णय गरेका छौँ। समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.