|

काठमाडौं : नागरिकता अध्ययन कार्यदलले नागरिकता विधेयक नेपालमाथि विदेशीको अत्यधिक जनसांख्यिक अतिक्रमणद्वारा आधिपत्य जमाउने नियतले ल्याइएको टिप्पणी गरेको छ।

साध्यबहादुर भण्डारी संयोजक रहेको कार्यदलले विधेयक नेपाललाई नवउपनिवेश बनाएर यहाँका आदिवासी, जनजाति र रैथाने जनसमुदायलाई अल्पमतमा परिणत गर्ने दुर्नियतले ल्याएको दाबी गरेको छ। पुनर्विचारका लागि राष्ट्रपतिबाट सन्देशसहित संसदमा फिर्ता हुँदा पनि त्यसलाई बेवास्ता गरेको भन्दै कार्यदलले आपत्ति जनाएको छ। 

राष्ट्रपतिजस्तो  राष्ट्रकै गरिमामय अभिभावक संस्थालाई समेत अटेर र न्यून मूल्यांकन गरी सरकारले विधेयकमाथि कहीँ कतै कुनै पनि छलफल गर्न\गराउन आवश्यक नठानेर पुनः कथित फास्ट ट्रयाकबाट विधेयक पारित गरेको भन्दै आपत्ति जनाएको छ।

‘राष्ट्रिय अस्तित्वसँग गाँसिएको नागरिकताजस्तो गम्भीर र संवेदनशील विषयमा जनता र मुलुकलाई मात्र होइन विधेयक पास गर्ने विधायकहरूलाई समेत गुमराहमा राखेर जस्ताको तस्तै हुबहु पारित गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, कार्यदलको विज्ञप्तिमा भनिएको छ, ‘यो अत्यन्त गम्भीर, घोर आपत्तिजनक, अति निन्दनीय र परम भर्त्सनायोग्य विषय हो।’

यस्तो कार्यको सशक्त र निर्णायक विरोध, अवरोध र प्रतिरोध गर्दै सडकमा उत्रेर पूर्ण खबरदारी गर्न समेत कार्यदलले सर्वसाधारणलाई आग्रह गरेको छ।

 कार्यदलमा को को ?

संयोजक :साध्यबहादुर भन्डारी,
सहसंयोजक : नारायण शर्मा,
सल्लाहकारहरु :

पूर्व उपप्रधानमन्त्री सीपी मैनाली

 लोककृष्ण भट्टराई

 हिरण्यलाल श्रेष्ठ

श्याम श्रेष्ठ 

आदित्यमान श्रेष्ठ

द्वारिकानाथ ढुङ्गेल

 बुद्धिनारायण श्रेष्ठ
भुवप्रसाद तृपाठी

​ प्रेमल कुमार खनाल

 बोर्णबहादुर कार्की । 

सचिव : डम्बर विक्रम कार्की
 कार्यदल सदस्यहरु  
 किसन शर्मा गैरे
 तारा बराल
संगीता नकर्मी
 मेनुका दङ्गाल 
 

सकृय सदस्यहरु  
 

मुकुन्द आचार्य
नीलकण्ठ तिवारी 
लेखराज रेग्मी 
एस के तिमिल्सिना
सुवासराज काफ्ले
रुक्म लामिछाने
महादीप पोख्रेल
कुमार खाकी श्रेष्ठ
 एकलाल श्रेष्ठ
भुवन फुयाँल
कृष्ण बेल्बासे
 चिन्तामणि पौडेल
नारायण सापकोटा
युक्त् प्रसाद भेटवाल
मानध्वज गुरुङ्ग
राजन तिमल्सिना 
रामहरि सिलवाल
सरोज रिजाल
विजयसिंग थापा
नरेन्द्र अधिकारी 
गणेश पूर्वछाने मगर
ओमप्रकाश पुन 
ललितसिंह ठगुन्ना 
लक्ष्मण बहादुर खड्का
तेज नारायण घताने
मनु वि क
टि एन थाम्सुहाङ
हीरादेवी तिमिल्सिना
 सिद्धि महर्जन
इश्वर भन्डारी 
जनार्दन पोख्रेल 
कैलाश कठायत 
भावना विद्रोही
लक्ष्मण उप्रेती
शम्भु कटेल 
शङ्कर पोख्रेल
गोकुल थापा 
अर्जुन रोका
 उदयराज पाठक
दुर्गानन्द चौधरी
तेज बहादुर पुन 
गोकर्ण योन्जन
लक्ष्मी घिमिरे
उमा पाण्डे 

शिव वचन भण्डारी 

ईश्वर भण्डारी, 
हेमा जी एम


लोकराज भुसाल ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.