|

श्रीलंकाका पूर्वराष्ट्रपति गोतावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन्।

देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोतावायले अमेरिकामै बस्ने गरी आवेदन फाराम भरेका हुन्।

उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ। श्रीलंकाको तर्फबाट रुसका लागि पूर्वराजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिए।

पूर्वराष्ट्रपति गोतावायनिकट मानिने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्द भइसकेको पनि बताए।

विशेष स्रोतको हवाला दिएर लेखिएको समाचारमा गत महिना नै उनले अमेरिका जाने प्रक्रिया शुरु गरेको उल्लेख छ।

मुलुकमा आर्थिक संकट उत्पन्न हुनुको मुख्य जिम्मेवार राष्ट्रपति गोतावाय नै रहेको भन्दै श्रीलंकालीहरू आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनी देशै छाडेर भागेका थिए।

भागेर शुरुमा उनी म्यानमार गएका थिए। त्यसपछि थाइल्याण्ड हुँदै सिङ्गापुर पुगे।

उनले देश छोडेपछि श्रीलंकामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू पनि फेरिएका छन्। नयाँ जिम्मेवारी पाएका नेताहरूले संकट समाधानको प्रयास गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.