|

काठमाडौं : देशका विभिन्न स्थानमा शनिबार पनि वर्षाको सम्भावना छ। केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागले प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक\दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने विभागको अनुमान छ।

वर्षाको सम्भावना रहेका पहाडी स्थानमा पहिरो जानसक्ने भएकाले सचेत रहन पनि विभागले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.