|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २०२ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा ३ हजार ८३३ जनामा गरिएको परीक्षणमा २०२ जना कोरोना संक्रमित भेटिएका हुन्। 

आज एकजना संक्रमितको मृत्यु भएको छ। हाल देशभर ३ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये हाल १ जना भेन्टिलेटरमा‚ ४४ जना आइसियूमा‚ १६२ जना संस्थागत आइसोलेशनमा र ३ हजार १५१ जना होम आइसोलेशनमा रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ। 

अहिले काठमाडौंमा १६ सय ७ जना‚ ललितपुरमा ५५२ जना र भक्तपुरमा ४२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.