|

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधन गर्न सरकारलाई निर्देशन दिएका छन्। 

संसद बैठकमा प्रमुख प्रतिपक्षी दल सांसद प्रदीप ज्ञवालीले त्रिविमा भएको राजनीति र तालाबन्दीबारे ध्यानकर्षण गराएपछि सभामुखले सरकारलाई निर्देशन दिएका हुन्। 

सभामुखले भने, ‘त्रिभूवन विश्वविद्यालयमा भएको तालाबन्दी लगायतका बिरोध कार्यक्रमहरुले विश्वविद्यालयको शैक्षिक एवं पठनपाठन कार्य प्रभावित हुन गएको भन्ने विषयमा माननीय सदस्यले कुरा उठाउनुभएको छ । सभाको गम्भिर ध्यानाकर्षण भएको छ । तसर्थ यो समस्या शिघ्र समाधान गर्न नेपाल सरकारलाई निर्देशन दिन्छु।’

सांसद ज्ञवालीले त्रिविमा नेविसंघले गुण्डागर्दी गरेको समेत आरोप लगाएका थिए। उनले त्रिविका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री वालकृष्ण खाँणले नेविसंघको नेतृत्व गरेको हो? भन्दै प्रश्न समेत गरे।  

उनले त्रिभूवन विश्वविद्यालयको समस्या समाधानका लागि सभामुखले सरकारलाई रुलिङ गर्न माग गरेका थिए। त्रिभूवन विश्वविद्यालयमा प्राध्यापकलाई आक्रमण गर्नेहरूमाथि कारबाही नगरिएको भन्दै आपत्ति जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.