|

काठमाडौं : पाकिस्तानको सिन्ध प्रान्तमा डुङ्गा पल्टिँदा महिला र बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। अन्य ९ जना बेपत्ता भएका छन्।  

कम्तीमा २० जना सवार डुङ्गा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ। उद्धार टोलीले सातजनालाई पानीबाट मृत अवस्थामा निकालेका छन् भने नदीमा बेपत्ता भएकाहरुको खोजी गरिरहेको छ। मुसलधारे मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो क्षति पुगेपछि पाकिस्तानका पहाडी क्षेत्रका नदीनाला र समथर भूभागमा पनि ठूलो बाढी आएको छ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार देशका ७२ जिल्लालाई आपतकाल घोषणा गरिएको छ भने तीन करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.