|

काठमाडौं : यस वर्षको हरितालिका तीज मंगलबार उत्साहका साथ मनाइँदै छ। विशेष गरी हिन्दु महिलाहरूको चाडका रुपमा चिनिने तीजका दिन महिलाहरू व्रत बस्ने, नाच्ने, गाउने गर्छन्। नेपाली सेलिब्रेटीहरूले पनि आफ्नो आफ्नो तरिकाले तीज मनाएका छन्। 

अभिनेत्री रेखा थापाले नारीसम्बन्धी साँस्कृतिक पर्वहरू महिलाका लागि मात्र नभएर राष्ट्रिय ऊर्जा र विकासको धरोहर साबित हुने बताएकी छन्। रातो कुर्ता र कपालमा रातो डोरी बाँधेको फोटो राख्दै उनले लेखेकी छन्, 'मेरो विचारमा, हाम्रा जति पनि नारी सम्बन्धित सांस्कृतिक पर्वहरू छन्, त्यसको गहिराई बुझ्ने र सिर्जनशीलतामा ढाल्ने हो भने, महिला एकता केवल महिलाको लागि मात्रै नभएर, पूरापुर राष्ट्रिय ऊर्जा र विकासको धरोहर साबित हुनेछन्।'

 त्यस्तै अर्की अभिनेत्री वर्षा सिवाकाेटीले कुनै पनि महिलाले सारीलाई नाईं भन्न नसक्ने भन्दै आफूले राताे सारी लगाएकाे फाेटाे आफ्नाे इन्स्टाग्राममा राखेकी छन्।

यतिवेला प्रदर्शनरत फिल्म ‘प्रकाश’मा मुख्य भूमिकामा देखिएकी अभिनेत्री दिया मास्केले अर्काे फिल्म ‘राधा’काे ‘धपक्कै बलेकी राधा’ बाेलकाे गीतमा टिकटक भिडियाे बनाएर आफ्नाे सामाजिक सञ्जालमा पाेस्ट गरेकी छन्। यतिवेला उनी प्रकाशकाे प्रचारप्रसारमा व्यस्त छिन्।

यीबाहेक स्वस्तिमा खड्का, प्रियंका कार्की, आँचल शर्मा लगायतका अभिनेत्रीले पनि सामाजिक सञ्जालमार्फत तीजकाे शुभकामना दिएका छन्। सँगै विभिन्न कम्पनीहरूकाे तीज विशेष विज्ञापन पनि गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.