|

काठमाडौं :  नेकपा माओवादी केन्द्र निकटको अनेरास्ववियु क्रान्तिकारीले ‘त्रिभुवन विश्वविद्यालय बचाउ संघर्ष’ सुरु गरेको छ।

विश्वविद्यालय सुधारको लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै क्रान्तिकारीले विश्वविद्यालय रुपान्तरणको लागि आन्दोलनहरूको स्वरूप बदल्ने उचित समय आएको जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै संगठनले संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। आजदेखि भदौ २२ गतेसम्म २४ घण्टा विश्वविद्यालय खुल्ला रहने अभियान सुरु गरेको जनाएको छ।

विश्वविद्यालय २४ घण्टा खुल्ला राख्‍ने, कक्षाकोठाहरू खुल्ला राख्दै पढाई सञ्चालन गर्ने र सबै तहका कार्यकक्षहरू खुल्ला राख्‍ने जारी विज्ञप्तिमा भनिएको छ।

अध्यक्ष पञ्चा सिंहले निकालेको विज्ञप्तीमा आफ्ना मागहरू पुरा नगरिए थप संघर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।पछिल्लो समय त्रिभुवन विश्वविद्यालयले निम्त्याएको अस्तव्यस्तता र देशकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयको यस दुर्दशाप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.