|

काठमाडौं : इटलियन सिरी ए फुटबलमा नापोलीले लाजिओलाई २–१ गोलले पराजित गरेको छ। 

योसँगै नापोली ५ खेलबाट ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट समान अंक जोडेको मिलान दोस्रो स्थानमा छ। नापोलीसँग पराजित लाजिओ ५ खेलबाट ८ अंकसहित सातौँ स्थानमा छ।

यस्तै गएराति नै भएको मिलान डर्बी भिडन्तमा एसी मिलानले जित निकालेको छ।एसी मिलानले इन्टर मिलानलाई ३–२ गोल अन्तरले हराएको हो।

रोमान्चक बनेको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा इन्टर पराजित भएको हो। यस जितसँगै मिलानले ५ खेलमा ११ अंक जोडेको छ। मिलान तालिकाको दोस्रो स्थानमा रहेको छ।  इन्टर ९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।

त्यस्तै अर्को खेलमा फियोरेन्टिना र युभेन्टसले १–१को बराबरी खेले। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.