|

काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयलाई प्रतिवाद गरेको छ।

महानगरका मेयर बालेन शाहले यस बिषयमा फेशबुकमार्फत खण्डन गरेका हुन्।

महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटाैती गरेकाे दाबी गरेकाे थियाे। साे दाबीपछि मेयर शाहले महानगरले महशुल तिर्न बाँकी नरहेकाे र भएपनि कर र महशुल साटासाट गर्ने बिषय नभएकाे प्रष्ट गरेका छन्।

यस बिषयमा बालेनले भनेका छन्।

१. काठमाडौं महानगरपालिका काठमाडौं महानगरबासीको सेवाका लागि स्थापित स्थानीय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ। जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरूबाट सन्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ।

२. नेपाल विद्युत् प्राधिकरणले काठमाडौं महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तीको रकम भनिएको छ। कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौं महानगरपालिकाको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैरजिम्मेवार काम हो।

३. महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासीको रगत पसिनासँग जोडिएको छ। जनताले तिर्नुभएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट सम्बन्धित निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संवैधानिक निकायहरूबाट यसको लेखापरीक्षण गरिन्छ। यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नुपर्ने दायित्व रहन्छ।

४. सडक बत्ती महानगरबासीले प्रयोग गर्ने हो। महानगरक्षेत्रबाट नेपाल विद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ। यस क्षेत्रका उपभोक्ताप्रति उसको जवाफदेहिता रहन्छ/रहँदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल विद्युत् प्राधिकरण आफैँ जानकार छ।

५. सार्वजनिक मठ मन्दिर, सडकबत्ती, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तीको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ।

योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महशुल फरक कुराहरु हुन्। हामीले पाउने करलाई महशुलमा कट्टा गरेर दुईजना साथीहरुको सापटी रकम जसरी मिलान गर्न सकिँदैन। नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महशुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउदछौँ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.