|

काठमाडाैँ : प्रदेश नम्बर १ लाई साक्षर प्रदेश घोषणा गरिएको छ। अन्तरराष्ट्रिय साक्षरता दिवसको अवसर पारी प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरमा आज एक कार्यक्रमबीच साक्षर प्रदेश घोषणा गरेका हुन्।

प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६.७५ प्रतिशत नागरिक साक्षर भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी ओखलढुङ्गामा ९९.५ प्रतिशत नागरिक साक्षर छन्। झापामा ९८ प्रतिशत, धनकुटामा ९७ प्रतिशत, इलाममा ९७ प्रतिशत, पाँचथरमा ९७ प्रतिशत, खोटाङमा ९६ प्रतिशत, सुनसरीमा ९५ प्रतिशत र मोरङ ९६ प्रतिशत नागरिक साक्षर रहेको मन्त्रालयको दाबी छ।

तथ्याङ्कअनुसार तेह्रथुममा ९५ प्रतिशत, भोजपुरमा ९६ प्रतिशत, उदयपुरमा ९५ प्रतिशत, संखुवासभामा ९५ प्रतिशत, ताप्लेजुङमा ९६ प्रतिशत र सोलुखुम्बुमा ९६ प्रतिशत साक्षर रहेका छन्।

योसँगै तीनवटा प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको छ। यसअघि बागमती र गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.