|
फाइल तस्विर

काठमाडौं :  काठमाडौं महानगरपालिकाले काठमाडौंको पुरानो बजार असन इन्द्रचोकका फुटपाथ व्यवसाय  हटाएको छ। फुटपाथ अतिक्रमण गरी बनाएको संरचना साथै फुटपाथ व्यवसाय हटाइ सो स्थानलाई खाली गरिएको हो। 

यसअघि असन इन्द्रचोकमा  सडकमा व्यवसाय सञ्चालन गर्नेहरू  छरपस्ट देखिन्थे।  तर यतिवेला असन इन्द्रचोक सुन्दर शान्त बनेको छ। फुटपाथमा राखिएको व्यवसाय हटाएसँगै असनलाई पैदलयात्री मैत्री बनाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले दुई साता अघिदेखि अनाधिकृत संरचना हटाउने अभियान थालेको थिए। 

जसका  लागि महानगर क्षेत्रको कोटेश्वर, न्युरोड, नयाँ बसपार्क क्षेत्रमा  पहिलो चरणमा फुटपाथ तथा अवैध संरचना हटाउने काम गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.