|

दाङ : आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि माओवादी केन्द्रले दाङ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यको लागि ३ जनाको नाम सिफारिस गरेको छ।

दाङ निर्वाचन क्षेत्र नं २ मा माओवादीबाट केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महरा, स्थायी समिति सदस्य रेखा शर्मा र दाङ जिल्ला इञ्चार्ज निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा डायमण्डले जानकारी दिए।

संघीय निर्वाचन क्षेत्रीय समन्वय समितिका अध्यक्ष भक्तबहादुर वलीको अध्यक्षता एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रतिनिधिसभामा दाङ निर्वाचन क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.