|

काठमाडौं : श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले सोमबार घरेलु टोली श्रीलंकासँग खेल्दैछ।

यी दुई टोलीबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार बेलुकी सवा ८ बजे सुरु हुनेछ।

नेपाल समूह बीको विजेता बन्दै सेमिफाइनल पुगेको हो। समूह चरणमा नेपालले भुटानलाई २–१ र भारतलाई ३–१ ले हराएको थियो। 

नेपालको प्रशिक्षक उर्जन श्रेष्ठले श्रीलंकालाई घरेलु मैदानमा हराउँदै फाइनल पुग्ने लक्ष्य रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.