|

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।  

खुमलटारस्थित निवासमा आज बिहान बेरीले विदाई भेट गरेको प्रचण्डको सचिवालयले  जनाएको छ। भेटमा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको जनाइएको छ। 

सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाइ दिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.