|

काठमाडौं : काठमाडौं महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ। 

सोमबार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो। टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी राखेको छ। 

केही दिनअघि जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा निकालेको थियो। उत्खनन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले महानगरपालिकाको आदेशमा नै टुकुचा उत्खनन गरेको बताए।

उनले महानगरपालिका विकासका लागि अघि बढिसकेको भन्दै अब काम गर्नका लागि पछि नहट्ने बताए। उनले महानगरले चीनको स्टाइलमा विकास गर्नका लागि अघि बढेको र रातारात काठमाडौं परिवर्तन गर्ने योजनामा रहेको बताए।  

‘आदेश भएर नै हामी आएको हो। अब काम गर्न रोकिँदैन, अघि बढेपछि बढेको बढ्यै हो। हामी चाइना स्टाइलमा अघि बढ्न चाहन्छौं। उनले भने, ‘आज केही हुँदैन तर भोलि अर्कै संरचना बनिसकेको हुन्छ। रातारात काठमाडौं चेन्ज गर्नुपर्छ। अब सुत्ने होइन, उठ्ने बेला हो।’

आइतबार टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई आदेश दिएको थियो।

काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोला विक्रम थापा समेतले दायर गरेको रिटमा उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको थियो। यद्यपी महानगरले भने टुकुचा खोला उत्खननको प्रक्रिया अघि बढाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.