|

काठमाडौं : सत्तारुढ घटक नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा आपत्ति जनाएका छन्। 

राष्ट्रपतिले विधेयकको प्रक्रिया र अन्तरनिहीत मुद्दाहरूका सम्बन्धमा सरोकार देखाएका कतिपय विचारहरूसँग आफूहरुको सहमति रहेको उनको भनाइ छ।

संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाइएको नागरिकता विधेयकका बारेमा बिभिन्न दृष्टिकोण र विचारहरु रहेको भन्दै उनले  यसको सम्मान गरिनु पर्ने बताएका छन् ।

‘म स्वयंले पनि राष्ट्रिय सभाको बैठकमा र सार्वजनिक रुपमा समेत विधेयकमा रहेको कतिपय लैङ्गिक विभेद र बैबाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने प्रावधानका बारेमा असहमति राखेको थिएँ। हाम्रो पार्टीको तर्फबाट पनि संसदमा रिजर्भेसन राखिएको थियो।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘हाम्रा विचारहरु राष्ट्रपतिज्यूले सरोकार देखाउनु भएका कतिपय विचारहरुसंग पनि मेल खान्छन्।

 तर राष्ट्रपतिलाई संविधान उल्लंघन गर्ने छुट नभएको उनको तर्क छ । 

‘हामी के कुरामा पनि स्पष्ट छौं भने राष्ट्रपतिलाई संविधानको उलङ्घन गर्ने छुट हुन सक्दैन।’ उनले लेखेका छन् ‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको गलत कदम हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.