|

हेटौंडा : मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। 

बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो।

मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्वरको बस दुर्घटनामा परेको हो।  बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ। छ जनाको मृत्यु भएको जानकारी आए पिन थप विवरण आउन बाँकी रहेको गौतमले बताए।

अहिले घाइतेहरुको उद्वार गरी उपचारका लागि भीमफेदी ,हेटौंडा र काठमाडौं पठाइएको उनले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.