|

गोरखा : उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ।

हिमपहिरोस्थलबाट १० जनाको सकुशल उद्धार गरिएको छ। मृत्यु हुनेमा सङ्खुवासभाका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले बताए। 

राईको शव आधार शिविरबाट निकालेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लैजाने तयारी भइरहेको उनले बताएका छन्। 

हिमपहिरोमा परेका अन्य १० जनाको सकुशल उद्वार गरिएको प्रउ खनालले जानकारी दिए। सोमबार अबेरसम्म चारजनाको उद्धार गरिएको थियो। थप ६ जनाको मंगलबार बिहान उद्धार गरिएको उनले बताए। 

मंगलबार बिहानैदेखि हेलिकोप्टरमार्फत पुगेको उद्वार टोलीले हिमपहिरामा परेका निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्वार गरेर सामागाउँ ल्याइएको प्रउ खनालले बताए।

'सामागाउँसम्म ल्याइएका सबै घाइतेलाई उपचारका लागि बिहानै काठमाडौँ पठाइएको छ', उनले भने, 'उनीहरुको राजधानीस्थित करुणा अस्पतालमा भर्ना गरी उपचार सुरु भएको छ।'

पहिरोमा परी उद्धार गरिएका दुई जनाको अवस्था सामान्य भएकाले उनीहरु आधार शिविरमै छाडिएको उनले बताए। 

हिमपहिरोमा परेकाहको उद्वारका लागि मंगलबार बिहान सिम्रिक एयरको दुईवटा, कैलाश र एभरेष्ट एयरको एक–एक गरी चार हेलिकोप्टर परिचालन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.