|

पाकिस्तानको एक तिहाइ भूभागमा आएको बाढीका कारण करिब छ लाख गर्भवती महिला मातृस्वास्थ्य सेवाबाट बञ्चित भएका छन्।

पाकिस्तानका वित्त तथा राजस्व राज्यमन्त्री आइशा घोस पाशाले बाढी प्रभावित क्षेत्रका छ लाख गर्भवती महिलामा यी आधारभूत सुविधाको अभाव रहेको ५० लाखभन्दा बढी बालबालिकामा खोप वा पोषणको सुविधा नभएको बताए।

उनले पाकिस्तानले महिलाका लागि प्रजनन स्वास्थ्य सेवा र बालबालिकाका लागि स्वास्थ्य सेवालाई पुनः सहीमार्गमा ल्याउन प्रयासहरू बढाउनुपर्नेमा जोड दिए।

तीव्र जलवायु परिवर्तन र बाढीको रूपमा यसको विनाशकारी प्रभावहरूको बारेमा पाशाले अन्तर्राष्ट्रिय समुदायले पाकिस्तान जस्ता देशहरूलाई सहयोग गर्न कोष परिचालन गर्न एक साथ आउनुपर्ने बताए। जनसंख्या परिषद्का देशीय निर्देशक जेबा सथरले बाढीले सीमान्तकृत जनसंख्याका लागि ठूलो दुःख दिएको बताए।

अति प्रभावित क्षेत्रमा बसोबास गर्ने तीन करोड १० लाख मानिसमध्ये एक करोड ९० लाख मानिस गरिब रहेको सथरले उल्लेख गरे।

'दुई करोड २७ लाखभन्दा बढी कच्चा घर अति प्रभावित क्षेत्रका विस्थापित समुदायका हुन्। महिला र बालबालिकाका अतिरिक्त ६५ वर्षभन्दा माथिका करिब १० लाख मानिस बाढी प्रभावित क्षेत्रमा बसोबास गरिरहेका छन् र उनीहरूलाई विशेष हेरचाहको आवश्यकता छ। कृषि जलवायु क्षेत्रमा बसोबास गर्ने मानिसहरूले आफ्नो गाईवस्तु र अन्नबाली गुमाएका छन् र स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित छन्', उनले भने।

जनसंख्या परिषद्का परियोजना निर्देशक सामिया अली शाहले महिला तथा बालिकाका समस्यालाई तत्काल सम्बोधन गर्न र प्राथमिकता दिन आग्रह गरिन्।

बैठकमा उठेको अर्को मुद्दा पाकिस्तानको तीव्र जनसंख्या वृद्धि दर हो। सिनेटर मुशाहिद हुसेन सइदले पाकिस्तानमा जनसंख्या वृद्धिले त्यहाँको स्रोतको दोहन गरिरहेको बताए।

एक सर्वेक्षण अनुसार लाखौंको ज्यान लिइसकेको पाकिस्तानको अकल्पनीय प्राकृतिक विपत्तिप्रति सरकारको प्रतिक्रियाप्रति पाकिस्तानका अधिकांश नागरिक असन्तुष्ट रहेका छन्। यो असन्तोष यस हप्ता प्रकाशित पटानको पछिल्लो सर्वेक्षणमा स्पष्ट भएको छ। समुदायमा आधारित अधिकारकर्मीहरूले बाढी प्रभावित तीन प्रान्तका १४ जिल्लाका ३८ वटा विपद् प्रभावित क्षेत्रमा सर्वेक्षण गरेको पाकिस्तानबाट प्रकाशित हुने डन पत्रिकाले जनाएको छ। सर्वेक्षणका अनुसार राज्यका अधिकांश स्थानीय तहले राज्यका निकायको कार्यसम्पादनमा असन्तुष्टि जनाएका छन्। सर्वेक्षणका अनुसार बाढीका कारण ९२ प्रतिशत स्थानका मानिसहरू आफ्नो गाउँ र टोल छोड्न बाध्य भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.