|

काठमाडौं :  इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन्।

प्रचण्डको सचिवालयले तस्वीर सार्वजनिक गर्दै चौधरीसहित यसको पुष्टी गरेको हो।

उनी नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.