|

जुम्ला : जुम्लामा आयोजना भएको घोडादौड प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडी गाउँका विकास बोहराको घोडा प्रथम भएको छ। सोही गाउँका शंकर रोकाया द्वितीय र सोही वडा कोल्तेका विपन्न बोहरा तृतीय भएका छन्।

त्यस्तै घोडा दौड प्रतियोगिता यो जुम्लाको पुरानो संस्कृति हो। हरेक वर्ष दसैंको फूलपातीको दिनमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो। यसअघि जुम्लाको विमान स्थलमा घोडा दौड प्रतियोगिता गरिन्थ्यो।
२०५६÷०५७ सालमा जुम्ला विमानस्थल कालोपत्रे भएयता घोडा दौड प्रतियोगिता रोकिएको थियो। तर केही वर्ष यतादेखि कर्णाली स्पोट्र्स क्लव जुम्लाले चन्दननाथ नगरपालिका ५ राजसिम चौरमा पुरानो जुम्ली सस्कृतिलाई जगेर्ना गर्दै आएको छ। यस वर्षको फूलपातीकै दिन छौटौँ पटक घोडा दौड प्रतियोगिता गरिएको छ। घोडा दौड प्रतियोगितामा पालित, कदम र खुल्ला गरी तीन वटा विधामा पुरुस्कार प्रदान गरिएको छ। 

त्यस्तै पालित तर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम, गुठीचौर गाउँपालिका ५ कुम्डी गाउँका विर्खबहादुर भण्डारी द्वितीय र गुठीचौर गाउँपालिका २ कुडीका मुनसुर बोहरा तृतिय भएका छन्।

कदम तर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम, गुठीचौर गाउँपालिका १ गडीगाउँका हरिप्रसाद बस्नेत द्वितीय र गुठीचौर गाउँपालिका २ कोल्तेका कालिप्रसाद बोहरा तृतिय भएको क्लवका अध्यक्ष सरोज शाहीले बताए।

तीन वटै विधामा प्रथमलाई पाँच हजार द्वितीयलाई तीन हजार र तृतीयालाई दुई हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। घोडा दौड प्रतियोगितामा ३३ वटा घोडा सहभागिता जनाएको क्लबका सहसचिव धनराज सुनारले बताए।

त्यस्तै पछिल्लो समयमा  घोडा दौड लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए। उनले भने, ‘यसको इतिहास, ठ्याक्कै थाहा छैन। 

तर यसअघि जुम्ला एयरपोर्ट पिच हुनु भन्दा अगाडी एयरपोर्टमै घोडा दौड हुन्थ्यो।’ एयरपोर्ट पिज भएपछि घोडा दौड हुन छोडेको अध्यक्ष शाहीको भनाइ छ।  यस पटक घोडा दौड प्रतियोगितामा ३३ वटा घोडाको सहभागिता थियो  ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.