|
फाइल

काठमाडौं : अविरल वर्षाको कारण पहिरो जाँदा विभिन्न स्थानका सडक अवरूद्ध भएका छन्।

लमजुङको मर्स्याङदी गाउँपालिका-४ अर्खलेस्थित लमजुङ-मनाङ सडकखण्डमा अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ। यसैगरी बेसीशहर नगरपालिका-१ उदिपुरस्थित डुम्रे-बेसिशहर सडकखण्ड समेत बिहीबार बिहान पहिरो जाँदा पूर्णरूपमा अवरोध भएको छ।

यस्तै, दाङको घोराही उपमहानगरपालिका-१९ च्यानगैरास्थित होलेरी-घोराही सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ। यसैगरी तुलसीपुर उपमहानगरपालिका-१३ भन्ज्याङस्थित तुलसीपुर-अमिलिया सडकखण्ड समेत अविरल वर्षाको कारण बुधबार दिउँसो पहिरो जाँदा अवरोध भएको छ। यसैगरी, प्यूठानको स्वर्गद्धारी नगरपालिका-९ प्यूठान-रोल्पा सडकखण्डस्थित जुरापाटामा बुधबार बेलुकी पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

यस्तै,  सल्यानको कपुरकोट गाउँपालिका-३ फलाटेस्थित दाङ-सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ। यस्तै,  सुर्खेतको  गुर्भाकोट नगरपालिका-९ पोखरेस्थित छिन्चु-जाजरकोट सडकखण्डमा बुधबार बेलुकी पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

यस्तै, दोलखाको  भिमेश्वर नगरपालिका-५ बिरुवास्थित चरिकोट-मन्थली सडकखण्डमा बुधबार बेलुकी पहिरो जाँदा सडक अवरोध भएको छ। यस्तै,  रोल्पाको  रुण्टिगढी गाउँपालिका-५ खुम्वासास्थित दाङ-रोल्पा सडकखण्डमा बुधबार साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

यस्तै,  पाल्पाको  रिब्दिकोट गाउँपालिका-२ जोर्ते घुम्तिस्थित तानसेन-रिडी सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ। यस्तै,  नुवाकोटको  बेलकोटगढी नगरपालिका-७ बुद्धसिङघाटस्थित गल्छी-त्रिशुली सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।

यस्तै,  स्याङ्जाको  गल्याङ नगरपालिका-८ झोल्पेस्थित सिद्धार्थ राजमार्गमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ। यस्तै,  मुस्ताङको  थासाङ गाउँपालिका-४ घोप्टे भिरस्थित बेनी-जोमसोम सडकखण्डमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।

यसैगरी, चितवनको भरतपुर महानगरपालिका-२९ मुग्लिङ-नारायणगढ सडकखण्डस्थित सत्र किलोमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरूफमा अवरोध भएको छ। नजिकका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अवरोध भएका सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.