|

काठमाडौं : उपत्यकामा आज बिहानैदेखि मौसममा क्रमिक सुधार भएको छ। लगातारको वर्षाका कारण दशैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको थियो।

तर, शुक्रबार बिहानदेखि भने उपत्यकामा वर्षा रोकिएको छ। बागमती प्रदेशसहित पूर्वका जिल्लाहरुमा भने क्रमिक रुपमा मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको संभावना कायम रहेको र लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा पनि मध्यम वर्षा जारी रहने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.