|

काठमाडौं : यसवर्षको दशै्रको अवधिमा देशभर साना ठूला गरी एक हजार ३४३ सवारी दुर्घटना भएका छन्। 

सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको छ भने एक हजार ३९८ जना घाइते भएका छन् । तीमध्ये २४८ जना गम्भीर घाइते रहेका छन्।

असोज १० गते घटस्थापनायता उक्त संख्यामा दुर्घटना भएका हुन्। यसमा आइतबार भएका दुर्घटनाको संख्या जोडिएको छैन। ती दुर्घटनामा ६७ जना पुरुष र २२ जना महिला तथा आठ बालबालिकाले ज्यान गुमाएका नेपाल प्रहरीको तथ्यांक छ।

प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा १७६ पुरुष, ५१ महिला, १५ बालक र ६ जना बालिका गरी कूल २४८ जना गम्भीर घाइते भएका छन्। 

यस्तै, ७१९ पुरुष, २६६ महिला, ९१ बालक र ६५ जना बालिका गरी जम्मा एक हजार १४१ जना साधारण घाइते भएका छन्।

काठमाडौं उपत्यकामा मात्रै यसअवधिमा सात जनाको दुर्घटनामा परेर मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने तीन र चार जना पैदल यात्रीको मृत्यु भएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.