|

सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा स्कर्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

आज दिउँसो मलंगवा नगरपालिका–४ शिवसागरचोक स्थित मलंगवाबाट नवलपुर जाँदै गरेको ना १ झ १७०० नम्बरको स्कर्पियोले ठक्कर दिँदा इश्वरपुर–१४ निवासी हीरालाल मण्डलको चार बर्षीय छोरा निशान्त मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडीको ठक्करबाट घाइते भएका बालकको उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउँदै गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन्।

घटनामा संलग्न स्कर्पियो चक्रघट्टा गाउँपालिकाको नाममा रहेको बुझिएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाका बिषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.