|

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको खेल तालिका सोमबार सार्वजनिक भएको छ। सो खेल तालिका अनुसार दुई विभागीय टोली एउटै समूहमा परेका छन्। विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका हुन्।

२७ गतेबाट सुरु हुने पुरुष फुटबलमा सहभागी ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

समूह ए मा एनआरएनए, प्रदेश १ र गण्डकी प्रदेश छन्। समूह बी मा बागमती प्रदेश, मधेश प्रदेश र सशस्त्रको एपीएफ छन्। त्यस्तै समूह सी मा लुम्बिनी प्रदेश, आर्मी र पुलिस रहेका छन्। समूह डी मा कर्णाली र सुदूरपश्चिम प्रदेश छन्।

प्रतियोगिताका खेलहरु पोखरा रंगशाला र गोस्टेघाटस्थित फुटबल मैदानमा हुनेछन्।

यस्तै स्याङ्जामा हुने महिला फुटबलमा १० टोलीले सहभागिता जनाउने छन्। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ए र बीको शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह सी बाट भने शीर्ष र दोस्रो टोलीले अन्तिम चारको टिकट काट्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.