|

दाङ : दाङमा एक बालिकाको शव फेला परेको छ।

गढवा गाउँपालिका २ महादेवा स्थित राप्ती नदीको पुलनजिक राप्ती नदीको बगरमा नामथर वतन नखुलेको करिब १५/१६ वर्षकी बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

राप्ती नदीको बाढीले बगाई ल्याएको अवस्थामा बुधबार दिउँसो करिब ४ बजेतिर शव फेला परेकोले प्रहरीले जनाएको छ।

उक्त शवको पहिचान नभएको हुँदा पहिचान गर्ने व्यक्तिहरूले उनको आफन्तहरूलाई जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.