|

काठमाडौं : आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्पष्टीकरण मागेको छ।

गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजासहितको तामझाम गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण मागेको हो।

सात दिनभित्र स्पष्टीकरण बुझाउन प्रचण्डलाई आयोगले निर्देशन दिएको छ। आयोगले उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृश्यको आधारमा दाहालसँग स्पष्टीकरण मागेको हो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.