|

त्रिङ्कोमाली : बाढीको चपेटामा परेर दक्षिण एशियाली राष्ट्रहरूमा ठूलो जनधनको क्षति भइरहेका खबर सार्वजनिक भइरहेका वेला श्रीलंकामा आज दुईजनाको ज्यान गएको छ। 

यसैगरी पाँच हजार २१२ परिवारका २१ हजार ८८८ जना पीडित भएका केन्द्रीय विपद् व्यवस्थापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बाढीबाट देशका विभिन्न ११ जिल्लामा १२० घरमा क्षति भएको छ। हम्बनटोटा, गाले, त्रिङ्कोमाली, किलीनोच्ची, गाम्पाहा, कोलम्बो, पुट्टलम र क्याण्डी अधिक प्रभावित भएका छन्।

२६४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। मौसम विज्ञान विभागका अधिकारीहरूले आगामी दिनमा पनि दक्षिण एशियाली देशमा वर्षा हुने जानकारी दिँदै सचेत रहन सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.