|

डडेल्धुरा : आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (वीपी) बीच तालमेल हुने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै दुबै पार्टीले मंसिर ४ गते हुने निर्वाचनमा संयुक्त रूपमा होमिने जनाएका हुन्।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा नेपाली कांग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनबाट असन्तुष्ट नेकपा एसका नेता डा. तारा जोशीले पार्टी परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्। पार्टी परित्याग गरेपनि जोशीलाई नेकपा एस डडेलधुराले समर्थन गरेको छ।

जसअनुसार एसले कांग्रेस वीपीसँग तालमेल गरेको हो। नेकपा एस र कांग्रेस वीपीबीच ६ बुँदे चुनावी समझदारी भएको एकीकृत समाजवादी जिल्ला अध्यक्ष कवीन्द्र विष्टले जानकारी दिए।

यसअघि नेकपा एमाले डडेलधुरासँग पनि चुनावी मोर्चाबन्दी हुने भनेता पनि शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले डडेलधुराले कांग्रेस (वीपी)सँगको चुनावी गठबन्धन भंग गरेको जनाएको थियो। वीपी कांग्रेसले सहमतिविपरीत प्रदेशसभा २ मा एमाले उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेकोले चुनावी तालमेल भंग गरिएको एमाले डडेल्धुराको आरोप थियो।

तर, वीपी कांग्रेसका उपसभापति कर्णबहादुर मल्लले भने केन्द्रमा आफू र प्रदेश ‘क’ मा एमालेसँग तालमेल गर्ने र प्रदेशसभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार जोशीलाई सघाउने भन्ने कुरा भएको प्रतिक्रिया दिए। पत्रकार सम्मेलनमार्फत मल्ल र जोशीले आफूहरूलाई जिताउन मतदातालाई आग्रह समेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.