|

काठमाडौं : निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका लागि ६८ लाख बढी मतपत्र छपाई भइसकेको जनाएको छ। आयोगले आजसम्म थप २४ लाख मतपत्र छपाइ सम्पन्न हुँदा ६८ लाख १० हजार पुगेको जनाएको हो।

छपाइ भएका मतपत्रमध्ये प्रदेशसभा सदस्यतर्फका ३४ लाख ६८ हजार र प्रतिनिधिसभा सदस्यतर्फका ३३ लाख २४ हजार रहेको आयोगले जानकारी दिएको छ। यसैबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ।

आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी भएसँगै प्रदेश नं १, मधेश प्रदेश र बागमति प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो।

योसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ ढुवानी भएको मतपत्रको संख्या २ करोड २२ लाख २५ हजार पुगेको छ। जसमा प्रदेश सभातर्फ १ करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि १ करोड ७ लाख २६ हजार मतपत्र रहेका छन्।

निर्वाचन आचारसंहिता पालना नगरेको भन्दै निर्वाचन आयोगले पर्वतको श्री वाल प्रथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीलाई स्पष्टीकरण मागेको छ। निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार प्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यलयले २४ घण्टे स्पष्टीकरण मागेको हो।

तिवारीले निर्वाचन आचारसंहिताविपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा सेयर गरी भोट मागी चुनावी प्रचारप्रसार गरेको’ जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.