|

काठमाडौं : दक्षिणी रुसमा एउटा लडाकु जहाज दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। 

युक्रेनको सीमा नजिक रुसको ययास्क सहरमा सुपरसोनिक लडाकु जहाज आवासीय भवनमा ठोक्किएर दुर्घटना भएको हो। घटनामा अरु कम्तीमा १९ जना घाइते भएका छन्। घाइते हुनेमा आवसीय भवनका बालबालिकासमेत छन्। 

एउटा ९ तले भवनमा लडाकु जहाज ठोक्किएपछि त्यहाँ आगोको मुस्लो देखिएको जनाइएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार जहाज ठोक्किएको भवनबाट कम्तीमा ६ जना मानिस बेपत्ता छन् । सुखोई एसयू–३४ जहाज आवसीय भवनमा बजारिनुअघि चालक दलका सदस्यहरु विमानबाट बाहिर निस्किन सफल भएका थिए। 

रुसी रक्षा मन्त्रालयले परीक्षण उडानका क्रममा एउटा इन्जिनमा आगो लागेपछि लडाकु जहाज दुर्घटना भएको जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.