|
फाइल

काठमाडौं :  क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ। यसअघि पहिलो चोटी सात पटक र दोस्रो चोटी पाँच पटक म्याद थप गरिएको थियो।

अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए। 
‘प्रहरीले ७ दिनको म्याद माग्नुभएको थियो, श्रीमानले ४ दिनको मात्रै म्याद थप्नुभयो  आइतवार प्रस्तुत गर्ने शर्तमा ४ दिनको म्याद थपिएको छ’, उनले भने।

उनलाई गत असोज २० गते विमानस्थलबाट पक्राउ गरी गौशाला हिरासतमा राखेर अनुसन्धान जारी राखिएको छ। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.